सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited ले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले जाजरकोटको नलगाड नगरपालीका ७ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक लाख रुपयाँ सहयोग गरेको हो ।
बैंकले उक्त रकम संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको जनाएको छ । बैंकले विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आर्थिक सहयोग गरेको हो । सहयोग रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पुर्वाधार निर्माण गर्ने विद्यालय प्रशासनले जनाएको छ ।
बैंकले देशैभरी फैलिएका ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आईरहेको छ ।