२६ बैंकको नाफा ३० अर्व ५४ करोड: प्रतिशतमा एनएमबी, अंकमा नबिल अगाडी (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 01:21:35 PM मा प्रकाशित

laxmi  sunrise bank


२६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३० अर्व ५४ करोड ५४ लाख  खुद नाफा कमाएका छन् । बैंकहरुले  गत आवको सोही अवधीमा २८ अर्व ६ करोड ३ लाख रुपैँया नाफा गरेकोमा बैंकहरुको नाफा औषतमा नाफा ८ दशमलव ८५ प्रतिशत बढेको हो । 

आठ बैंकको नाफा घट्यो

चालू आवको ६ महिनामा आठ वाणिज्य बैंकको नाफा घटेको छ । गत आवको सोही अवधीको तुलनामा सिटिजन्स बैंक, सिभिल बैंक, लक्ष्मी बैंक, नविल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, नेपाल एसबिआई बैंक  र सिद्धार्थ बैंकको नाफा घटेको हो । सिद्धार्थ बैंक र सिभिल बैंकको संचालन नाफा घटेपछि नाफा घटेको हो ।  बाँकी ६ बैंकको खुद व्याज आम्दानी र संचालन नाफा घटेपछि नाफा घट्न पुगेको हो ।

 बढी नाफा एनएमबिको

गत आवको दोस्रो त्रैमासको नाफा सँग चालू आवको दोस्रो त्रैमासको नाफा हेर्दा एनएमबि बैंकको नाफा ४७ दशमलव ४० प्रतिशत वृद्धि भएको छ । गत आवमा १ अर्व १० करोड ९९ लााख नाफा गरेको बैंकले चालु आवको ६ महिनामा १ अर्व ६४ करोड नाफा गरेको छ ।

रकमको आधार नबिल  पहिलो 

चालु आवको ६ महिनासम्म नविल बैंकको नाफा धेरै छ । बैंकको नाफा २ अर्व ४ करोड १८ लाख छ । बैंकले गत आवको सोही अवधीमा २ अर्व १७ करोड ६८ लाख नाफा गरेको छ । गत आवको सोही अवधीसँग तुलना गर्दा बैंकको नाफा घटेको छ । 

दोस्रोमा रकमको आधारमा एनआइसी एशिया बैंकले २ अर्व १ करोड ६२ लाख नाफा  गरेको छ । बैंकले गत आवको सोही अवधीमा १ अर्व ५१ करोड १४ लाख रुपैँया भन्दा बढी नाफा गरेको थियो । बैंकको नाफा गत आवको तुलनामा ३३ प्रतिशत वृद्धि भएको छ । 

 सिभिलको नाफा सबैभन्दा कम

२६ वाणिज्य बैंक मध्ये सिभिल बैंकले सबैभन्दा थोरै नाफा गरेको छ । बैंकले चालू आवको ६ महिनासम्म ३१ करोड ६२ लाख ४७ हजार नाफा गरेको छ । बैंकले गत आवको सोही अवधीमा ३७ करोड ९ लाख नाफा गरेको थियो ।  बैंकको नाफा १४ प्रतिशत घटेको हो  । 

सिभिल पछि सेन्चुरी कमर्सियल बैंकले ६५ करोड २ लाख नाफा गरेको छ । बैंकले गत आवको ६ महिनामा ५१ करोड ८१ लाख नाफा गरेको थियो । बैंकको नाफागत आवको तुलनामा २५ प्रतिशत बढेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved