मर्जरमा गएका १८५ कम्पनीमध्ये १४० को इजाजत खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2020 | 10:03:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गरेपछि  १८५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा गएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार  २०७६ पुस मसान्त सम्म मर्जर तथा प्राप्तिमा गएका १८५  मध्ये १ सय ४० कम्पनीको इजाजत खारेज भई ४५ ओटा सँंस्था मात्र कायम भएका छन् ।

मर्जर तथा प्राप्तिमा गएका मध्ये अधिकांश लघुवित्तहरु रहेका छन् । मर्जर तथा प्राप्ति प्रक्रियापछि पुस मसान्तसम्म १ सय ६४ बैंक तथा वित्तीय संस्था कायम रहेको राष्ट्र बैंकले जनाएको छ । ति मध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त र १ पूर्वाधार विकास बैंक रहेको छ ।  

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार २०७६ पुससम्म ७ सय ४५ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । २०७६ असार मसान्तसम्म ८ हजार ६ सय ८६ रहेको बैंकको तथा वित्तीय संस्थाको शाखा २०७६ पुस मसान्तसम्म बढेर ९ हजार ३ सय ९४ पुगेको छ । ६ महिनाको अवधीमा वाणिज्य बैंकको शाखा ४२६, विकासको २९,   फाइनान्सको २४ र लघुवित्तको २३२ शाखा कार्यालयहरु स्थापना भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved