एनएमबि बैंकको तलव खातामा १८ लाख सम्मको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 09:41:23 AM मा प्रकाशित

laxmi  sunrise bank


एनएमबि बैंक NMB Bank Limited  ले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नँया खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ  ।

दुई नँया योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई रु १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ५ लाखसम्मको वीमा सुविधा समेत गरेको बैंकले जनाएको छ । बैंकका अनुसार ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरुले रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ७ लाखसम्म वीमा र रु १ लाख सम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने बैंकले जनाएको छ । 

 ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यो योजना ल्याएको र यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको भएको बैंकको दाबी छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved