सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका विद्यार्थीलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 06:02:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले अपाङ्गता भएका विद्यार्थीलाई पढाउने विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले धरान उपमहानगरपालिका १५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार रुपयाँ सहयोग गरेको हो ।

उक्त विद्यालयले दृष्टिविहिन, न्यूनदृष्टि, बहुअपाङ्ग लगायत बालबालिकाहरुको लागि शिक्षा प्रदानगर्दै आईरहेको छ । विद्यालयले सम्पूर्ण विद्यार्थीहरुलाई आवासीय रूपमा रही अध्ययन गर्ने व्यवस्था मिलाएको जनाएको छ । 

उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारिरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्रको खरिद गर्ने विद्यालय जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न उक्त सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved