सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 03:57:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयलाई ८० हजार रुपयाँ सहयोग गरेको हो । 

विद्यालयले स्थापनाकाल देखिनै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ शिक्षा दिदै आईरहेको छ । विद्यालयले सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको लागि खर्च गर्ने जनाएको छ । 

सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विद्यालयले जनाएको छ । बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved