राष्ट्रिय वाणिज्य बैंकद्धारा बाल अस्पतालाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 04:18:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया सहयोग गरेको हो ।

बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । बुधबार बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैंयाको चेक किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् । 

कार्यक्रममा डा. कोइरालाले बैंकले सहयोग गरेको रकम बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने बताए ।   किओच सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो । 

बैंकले २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved