बिजपाटी सम्बाददाता     Feb 28, 2020 | 04:04:02 PM


tansen

प्रभु बैंक Prabhu Bank Limited  ले 'प्रभु गुडलक सेभीङ' निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विद्यार्थी तथा कर्मचारीलाई लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ । 

यो योजना अन्तर्गत शुन्य मौजदातमा खाता खोल्न सकिने र खाता खोल्ना साथ बैंकले एक सय रुपैयाँ खातामा जम्मा गरिदिने छ । यो योजनामा वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ । 

खातावालालाई बैंकले प्रभु क्यापिटलसँगको सहकार्यमा कलेज तथा विश्वविद्यालयमै गएर पूँजीबजार सम्बन्धि परामर्श समेत दिनेछ । बैंकले आईपीओ, एफपीओ, क्यापिटल मार्केट आदिको बारेमा पनि परामर्श दिने बताएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका