एनआईसी एशियाका ग्राहकलाई ठमेलको क्लाम्बीङ वालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 04:26:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  र एस्ट्रेक क्लाम्बीङ वालबीच सम्झैता भएको छ । सम्झौतामा बैंकका वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकका ग्राहकले डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्लाम्बीङको सेवामा ३० प्रतिशतसम्म छुट  पाउनेछन् । बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई ५० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुने बैंकले जनाएको छ । 

बैंकले ३१९ शाखा, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved