बैंक अफ काठमान्डूको कार्ड घोटेर 'सपिङ' गर्दा ५०० फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 08:01:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत कार्ड बाहक ग्राहकले एक महिना भित्र पिओएस तथा ई कमर्स कारोबार गर्दा ५ सय रुपयाँ फिर्ता पाउने बैंकले जनाएको छ। 

यस योजनाअन्तर्गत एक महिना भित्र कम्तीमा २ वटा पिओएस कारोबार गर्दा २ सय ५० रुपयाँ नगद तथा कम्तीमा २ वटा ई कमर्स कारोबार गर्दा २ सय ५० रुपयाँ नै नगद फिर्ता पाउने बैंकले जनाएको छ । 

योजनाको फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय रुपयाँ वा सो भन्दा बढि हुनुपर्ने बैंकले जनाएको छ । योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकलाई बैंकले अनुरोध गरेको छ । बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिदै आईरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved