एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा प्युठानको स्वर्गद्वारीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 02:46:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ५५ औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका ९ स्थित लामाचौरमा उक्त सेवा संचालनमा ल्याएको हो ।

सेवाको उद्घाटन स्वर्गद्वारी नगरपालिका ९ का अध्यक्ष नर बहादुर बुढामगरले गरेका थिए । बैंकले सो सेवाको प्रतिनिधिको रुपमा गोपाल कृष्ण बुढामगरलाई नियुक्ती गरेको जनाएको छ।  

बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved