मेगा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 04:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा बैंकका धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरुका बारेमा जानकारी गराएको बैंकले जनाएको छ । त्यस्तै प्रबन्धक श्रेष्ठले कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

वित्तीय जागरण गराउने उद्देश्यले बैंकले देशभरका शाखाहरुमार्फत बिभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको र यो अभियान जारी रहने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved