बिओकेका ग्राहकलाई काठमाण्डौं क्लिनिकमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 05:59:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  का ग्राहकले अनामनगरमा रहेको काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीको सेवा सुविधामा छुट पाउने भएका छन् । बैंक र क्लिनिकबीच छुट सम्बन्धी सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाएका हुन् । 

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र क्लिनिकका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको मोबाईल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्डबाट क्लिनिकको सेवा सुविधा शुल्क भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत छुट पाउने छन् । 

बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिदै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved