नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वार्षिक उत्सवको अवसरमा बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले बाल मन्दिरका महासचिव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकको हाल अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।
निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्ब पुग्ने बैंकले जनाएको छ ।