माछापुच्छ्रे बैंकबाट सीइओ सुमन शर्मा बाहिरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 12:53:14 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बाहिरिएका छन् । शर्माले चैत १ गतेदेखि लागु हुने गरी बैंक छाडेका हुन्  ।

शर्माले संचालक समितिसँगको सहमति मै बैंक छाडेका हुन्  । शर्माले पारिवारिक कारणले बैंक छोडेको बताईएको छ  । परिवारका सदस्यको स्वास्थ्यका कारण परिवारलाई बढी समय दिनु परेको र बैंकलाई पर्याप्त समय दिन नसकेपछि उनले बैंक छोडेका हुन्  । ४ वर्षको लागि नियुक्त भएका उनले २३ महिना मै बैंक छोड्ने निर्णय गरेका हुन्  ।

यससंगै कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन्। उनले चैत १ देखि जिम्मेवारी सम्हाल्ने छन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved