ग्लोबल आइएमई बैंकद्वारा दृष्टीविहिन विद्यार्थीलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 05:52:46 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले दृष्टीविहिन विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले पर्वतको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको हो ।  

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामग्री सहयेग गरेको जनाएको छ । उक्त सहयोग सामग्री संघीय सांसद पदम गिरी र ग्लोबल बैंकका कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

बैंकले  शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved