बैंक अफ काठमाण्डूको नयाँ खाता योजना, बचतदेखि बीमासम्मको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 06:38:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले ‘बिओके सफलता मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ । उक्त खाता खोल्ने ग्राहकलाई बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा ११ लाखसम्मको बीमा सुबिधा पनि यपलब्ध गराएको छ । यो खातामा ग्राहकले वार्षिक ९.७५ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ । उक्त खाता २५ हजार रुपैयाँमा खोल्न सकिने छ ।

बैंकका अनुसार बीमा सुबिधा अन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्त भए ५ लाख, १८ घातक रोगहरु लागे ५ लाख तथा औषधी उपचारको लागि १ लाख रुपैयाँसम्मको बीमा सुबिधाको उपयोग गर्न सकिने छ । बहिरंगको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँसम्मको बीमा सुबिधा पाउने बैंकले जनाएको छ । 

बैंक अफ काठमाण्डूले हाल ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved