सिटिजन्सले ल्यायो दुइ नयाँ खाता, ५ लाखसम्मको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 03:10:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक ईन्टरनेसनल Citizens Bank International Limited  ले दुई नयाँ खाता सञ्चालनमा ल्याएको छ । बैंकले ‘सिटिजन्स संरक्षित बचत खाता’ र ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको हो । 

बैंकले संरक्षित बचत खाता  सर्वसाधारणका लागि र तलब बचत खाता पेशाकर्मीहरुका लागि सञ्चालनमा ल्याएको जनाएको छ । 

 संरक्षित बचत खाता पाँच हजारमा खोल्न सकिने बैंकले जनाएको छ । जसमा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशतको ब्याजदर कायम गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ प्राप्तगर्न सक्ने बैंकले जनाएको छ । उक्त  योजनामा संलग्नहुने ग्राहकहरूका निम्ति ५० हजार रुपैयाँको स्वास्थ्य बीमा र ५ लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा गरिएको जनाइएको छ । सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ ।

यस्तै,  तलब बचत खाता सित्तैमा खोल्न सकिने र दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । उक्त खाता कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति २५ हजार रुपैयाँको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र ३ लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved