एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 02:31:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  का ग्राहकले अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । बैंक र धुम्बाराही स्थित उक्त होटलबीच सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । 

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलका महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवाामन २० प्रतिशत छुट पाउने छन् । यसका साथै बैंकका कर्मचारीहरूलाई पनि उक्त योजना अनुसारको छुट उपलब्ध हुने बैंकले जनाएको छ । सम्झौता एक बर्षका लागि लागु गरिएको जनाइउको छ । 

बैंकले मुलुकभर ३१९ शाखा, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत सेवा गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved