सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 08:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आसमान नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । 

आसमानले उक्त आर्थिक सहयोग पिछडिएका विद्यार्थीहरुको उत्थनमा प्रयोग गर्ने जनाएको छ । 

'आसमान' शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको  सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन हो । 

बैंकले ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved