एनआईसी एशिया बैंकका ग्राहकलाई गोकर्ण रिसोर्टका विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 04:38:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  का ग्राहकले काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच छुट सम्बन्धमा भएको सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र रिसोर्टका रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनुहुनेछ । यसका साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुने जनाइएको छ । यसैगरी ग्राहकले बैंकसँग आबद्ध भएका देशभरका २ हजार ४ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकले ३१९ शाखा कार्यालयहरु, ४५५ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved