कार्यबाहक गभर्नरको जिम्मेवारी शिवाकोटीलाई, गभर्नरको दौडमा दर्जन आकांक्षी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 10:02:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैकको कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ। डा चिरिन्जीवी नेपालको कार्यकाल  आजबाट सकिएकाले सरकारले अर्को व्यवस्था नहुँदासम्मको लागि शिवाकोटीलाई गभर्नरको जिम्मेवारी दिएको हो। 

मंगलबार अर्थमन्त्रालयले नेपाल सरकार मन्त्री स्तरको निर्णयबाट निर्णय गरेर अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको हो। 

गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट नै बाहिरिएका छन् । नेपालको कार्यकाल सकिन एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने भए पनि सरकारले नियुक्त गर्न सकेको छैन । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवकोटीलाई अर्थमन्त्रालयले कार्यबाहकको जिम्मा दिएको हो। 

‘नेपाल सरकार माननीय ९मन्त्री स्तरको० मिति २०७६।१२।४ गतेको निर्णय अनुसार तपाईलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम चैत ५ देखि अर्को व्यवस्था नभएसम्म नेपाल राष्ट्र बैंकको गभर्नरको कामकाज गर्नेगरी कायम(मुकायमा मुकरर गरिएको व्यहोरा अनुरोध गर्दछु’ मन्त्रालयले पत्रमा लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण गरेर स्वास्थ लाभ गरिरहेकाले मन्त्री परिषद्को बैठक बस्न ढिला हुँदा गभर्नरको कुर्सी खाली राख्न नहुने भएकाले सरकारले अर्को व्यवस्था नहुँदासम्मलाई शिवाकोटीलाई कामुको जिम्मेवारी दिएको हो। शिवाकोटीले गभर्नरले गर्ने प्रशासनिक काम मात्र गर्न पाउने छन्।

गभर्नरका रुपमा पाँच बर्षे कार्यकाल पुरा गरेर डा। चिरञ्जिबी नेपालले आजदेखि अवकाश पाएका हुन्। उनलाईआज होटल याक एण्ड यतिमा एक कार्यक्रम आयोजना गरि राष्ट्र बैंकका कर्मचारीले बिदाई गरेका छन्। 

मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीको संयोजकत्वमा पुर्व गभर्नर तथा अर्थशास्त्री सहितको तीन सदस्यीय सीफारिस समिति बनाउनु पर्ने राष्ट्र बैंक ऐनमा ब्यवस्था छ। उक्त समितिको सिफारिसको आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकबाट गभर्नर चयन गर्नेछन। 

समिति समेत नबनिसकेको अवस्थामा नयाँ गभर्नर नियुक्तिमा अझै हप्ता दिन लाग्ने बताइएको छ। गभर्नरमा बाहिर देखिनेगरि चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, डा. मीनबहादुर श्रेष्ठले लबिङलाई तिब्र पारेका छन् भने राजन खनाल, सुवोधकुमार कर्ण, लालशंकर घिमिरे, डा गोबिन्द नेपाल, डा गोबिन्द बहादुर थापा, भिष्म ढुंगाना, लक्ष्मी प्रपन्न निरौला, किरण श्रेष्ठले भित्रभित्रै लबिङ गरिरहेको बताइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved