प्रभु बैंकले ट्राफिक आइल्याण्ड र फाउण्टेन बनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 12:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  र काठमाण्डौ महानगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र महानगरपालिकाका सहसचिब राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकले जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा संस्कृत पाठाशाला अगाडीको आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने र संचालन तथा शहरी सौन्दर्यीकरणको काम गर्ने छ ।

बैंकले २०८ शाखा, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved