माछापुच्छ्रे बैंक र नागरिक हेल्थ ट्रष्टको सहकार्यमा कौशलटारको बसपार्कमा हात धुने प्रबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 12:00:27 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको कौशलटारको बसपार्कमा साबुन पानीले हात धोऔं भन्ने सन्देश सहितको स्टिल टेंकी राख्ने काम भएको छ। नागरिक हेल्थ ट्रष्ट फण्ड गठाघरको अग्रसरतामा माछापुच्छ्रे बैक कौशलटार शाखाद्वारा स्टिल टेंकी राख्ने काम भएको हो। उक्त टंकीको उद्घाटन श्रमजिबी जुत्ता सिलाउने मोचीबाट भएको हो।

सो स्थानमा दैनिक पानीको ब्यबस्थापन र संरक्षणको जिम्मा वेभ ग्रुपले लिएको छ भने प्रयोग हुने साबुन माछापुच्छ्रे बैक, कौशलटारले ब्यबस्थापन गर्नेछ । माछापुच्छ्रे बैकबाट भक्तपुरको लागि अरु थप ४ वटा टेंकी राखिने बैकका कौशलटार शाखा प्रमुख प्रणय केसीले बताए। बैकको संस्थागत सामाजिक उत्तरदायित्त्व अनुसार अहिलेको विषम परिस्थितिमा बैंकको नीति अनुसार ्आजै मात्र काठमाडौभित्र प्रहरीसंग मिली १६ ठाउंमा यस प्रकारको हात धुने ब्यबस्थापन गरेको उनले बताए।

कोरोना भाइरस आउनै नदिनका लागि नागरिक सचेतना कार्यक्रम अन्तर्गत पर्चा पम्प्लेट, ब्यानरहरु र भिडियो क्लिप मार्फत भक्तपुर जिल्लालाई केन्द्रीत गरि कार्यक्रमहरु गरिदै आएको नागरिक हेल्थ ट्रष्ट फण्डका अध्यक्ष गोपीकृष्ण न्यौपानेले बताए। उनकाअनुसार नागरिक हेल्थ ट्रष्टको अग्रसरतामा अब भक्तपुर जिल्लाका ४ मुख्य चौकमा हात धुने ब्यबस्था मिलाइने छ। 

महासचिव वचन देउजाले माछापुच्छ्रे बैकले यस अघि पनि गठाघर चौकको बिरुवा संरक्षणको लागि फलामे बेरा लगाउन आर्थिक सहयोग गरे अनुरुप काम भैरहेको र ट्रष्टले भूकम्पको बेला होस वा कुनै महामारी वा अन्य स्वास्थ्य सम्बन्धि अप्ठ्यारो परिस्थितिमा परेका बेला स्वतस्फूर्त सहयोग जुटाइ काम गरिरहेको बताए।

कोषाध्यक्ष डा। मोनिसा कार्कीले अहिले समाजमा कोरोना भाइरसको भय भएको भन्दै कोरोना भाइरसको संक्रमणको शंका लागे  आफु कार्यरत अस्पताल नागरिक कम्युनिटी अस्पताल गठाघरमा सम्पर्क गर्न  आग्रह गरिन। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved