कोरोना प्रभावितहरुको ऋणको सावाँ ब्याज असुली नगर्न अर्थ मन्त्रालयको निर्देशन (निर्णयसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 06:49:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले कोरोना प्रभावित ब्यवसायहरुको ऋणको सावाँ र ब्याज उठाउने कार्य चैत्र मसान्तसम्मको लागि स्थगन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाको अध्यक्षता बुधबार बसेको उच्च स्तरीय वित्तीय क्षेत्र ब्यबस्थापन समन्वय समितिको बैठकले सावाँ ब्याज असुली गर्ने कार्य स्थगित गर्न निर्देशन दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह भएको कर्जाको बर्गिकरण तथा प्रोभिजन गर्न  कार्य हाललाई स्थगन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय गरेको छ  । त्यस्तै बैठकले नोट प्रयोग गर्दा संक्रमण रहित बनाएर मात्र प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिने निर्णय गरेको छ । 

बैठकले गरेका निर्णय कार्यन्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, सहकारी बिभाग, कम्पनी रजिस्ट्रार कार्यलय, बैंकर्स संघलाई प्रत्राचार गरेको छ । 

हेर्नुस बैठकका अन्य निर्णय : 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved