सनराइज बैंक Sunrise Bank Limited ले नेपाल पुलिस हस्पिटललाई ६५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपीई) हस्तान्तरण गरेको छ । बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुको लागि ति उपकरण हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आई.जि.पि ठाकुर प्रसाद ज्ञावालीलाई ति उपकरण हस्तान्तरण गरेका हुन् । आई.जि.पि ज्ञावालीले यस्तो कार्यले हस्पिटललाई ठुलो राहत भएको बताएका छन् । यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।