सनराइज बैंकले वीर र शुक्रराज अस्पताललाई दियो ५० थान पिपिइ, सातै प्रदेशमा दिने प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 03:10:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज बैंक Sunrise Bank Limited ले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५–२५ थान सहयोग गरेको   छ । कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ  दिईएको बैंकले जनाएको छ। 

शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरेका छन्। साथै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिइ हस्तान्तरण गरे। सीइओ पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए।


कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताए। सो अवसरमा बैंकका सीईओ पौड्यालले यस्तो अवस्थामा सन्राइज बैंकले सम्पुर्ण देश बासीलाई थोरै थोरै भए पनि मलम लगाउने उदेश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्० उपकरण वितरण गर्ने जानकारीे दिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved