बिजपाटी सम्बाददाता     Mar 29, 2020 | 09:13:40 AM


tansen

सिद्धार्थ बैंकले हरेक प्रदेशको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषममा १०-१० लाख सहयोग गर्ने भएको छ । बैंकले देशभर सातवटै प्रदेशमा रु १०/१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

जस अनुसार बैंकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शनिबार १० लाख रकम हस्तान्तरण गरेको छ । बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख पवनचन्द अधिकारी र धनगढीमा शाखाका प्रबन्धक नितेश श्रेष्ठले मुख्यमन्त्री भट्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका