एनआईसी एशिया बैंकद्धारा सातै प्रदेशमा ग्राहक सहायता केन्द्र स्थापना, फोनमार्फत समस्या समाधान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 12:16:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडले लकडाउनको समयमा ग्राहकरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ ।  

यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सक्नेछन् । 

प्रदेश १ मा रहेका ग्राहकहरुले बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्न सक्नेछन् । त्यस्तै, विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहक महानुभावले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सकिने बैंकले  जनाएको छ । 

सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । 

बैंकले स्थापना गरेको ग्राहक सहायता केन्द्रहरु 

क. प्रदेश १




ख. प्रदेश २


ग.वाग्मती प्रदेश



घ. गण्डकी प्रदेश 

ङ. प्रदेश ५

च. कर्णाली प्रदेश 


छ. सुदुरपश्चिम प्रदेश 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved