सिद्धार्थ बैंकद्धारा प्रदेश कोरोना रोकथाम कोषमा १० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 12:49:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सिद्धार्थ बैंक लिमीटेड प्रदेश ५ ले दशलाख रकम सहयोग प्रदान गरेको छ ।

बैंकका तर्फबाट प्रदेश ५ का प्रमुख सुशिल नेपाल, बुटवल शाखा प्रमुख चन्द्रेव पौडेल तथा भैरहवा शाखा प्रमुख जिवन घिमिरेले संयुक्त रुपमा प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोख्रेललाई सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै बैंकका प्रदेश ५ प्रमुख सुशिल नेपालले वित्तिय संस्था सेवाग्राही र राष्ट्रप्रति उत्तरदायि रहेको भन्दै राष्ट्रलाई अफ्ठेरो परेको समयमा संस्थाको तर्फबाट सक्दो सहयोगको प्रयास गरेको बताए । 

राष्ट्रमा विपद परेको बेला बैंकले प्रदेश स्तरबाट गरेको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्रि पोख्रेलले सबैले सहयोग गरी संयमित भएर जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न आग्रह गरे  । हस्तान्तरण कार्यक्रममा सत्तारुढ दल नेकपा प्रदेश ५ का सचेतक भुमिश्वर ढकाल, समाजसेवी शोभाकान्त पाण्डे लगायतको उपस्थिती थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved