कृषि विकास बैंक प्रदेश ५ कार्यालयद्वारा मुख्यमन्त्रीलाई ५ लाखको चेक हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 10:39:11 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंक प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्री कार्यालयमा भेटेरै ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

भेटमा निर्देशक थापाले कृषि बिकास बैंकले लकडाउनको अबधिमा पनि विभिन्न शाखाहरुमार्फत सुरक्षित रुपमा बैंकिङ सेवा प्रदान गरिरहेको जानकारीसमेत गराए । 

यस अघि कैंकको प्रादेशिक कार्यालयले भैरहवास्थित नेपाल भारत सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुका लागि सावुन पानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउन १ हजार लिटरको पानी ट्यांकी, दुईवटा धारासहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो ।

दशगजा क्षेत्रमा सरसफाई कायम गर्न १० बोरा चुना उपलब्ध गराएको बैंकले नेपालगंजस्थित रुपडिया नाकामा पनि ट्यांकीसहित सावुन पानीले हात धुने व्यवस्था मिलाएको थियो ।

कृषि विकास बैंक केन्द्रीय कार्यालयले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved