एनआईसी एशियाका ग्राहकलाई फुडमाण्डुबाट सामान किन्दा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 09:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited   लिमिटेडका ग्राहकहरुले फुडमाण्डु अनलाईनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट हुने पाउने भएका छन् ।

यस योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूले २०७६ चैत्र १८ गतेदेखि चैत्र २६ गतेसम्म foodmandu.com मार्फत सामानहरू अनलाइन खरिद गर्नुपर्ने बैंकले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको जनाएको छ । 

यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्रहरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved