राष्ट्रिय वाणिज्य बैंकले लकडडाउन अवधिमा काठमाडौँ उपत्यकाका निश्चित शाखाहरुबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने जनाएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकले तोकेको शाखाहरुबाट चेक क्लियरिगं, नगद कारोवार र सिमित बैंकिगं सेवा पाईने बैंकले जनाएको छ ।
साथै, उपत्यका बाहिरको शाखा कार्यालय सम्बन्धी जानकारी लिन सम्बन्धित प्रादेशिक कार्यालयका प्रबन्धकसँग सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।