कोरोना रोकथाम कोषमा मेगा बैंकले १ करोड ३५ लाख सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 04:06:35 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited लिमिटेडले कोरोना भाइरस रोकथामका लागि एक करोड ३५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बैंकले संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कुल एक करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको जनाएको छ । 

मेगा बैंकको सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी कुल १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

सहयोग रकम केन्द्रीय र प्रदेश सरकारको कोषमा जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिईन् ।

उनका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकम भित्र मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् । जसअन्तर्गत सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३० लाख ८७ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

त्यस्तै, सञ्चालक समितिका प्रत्यक सदस्यले २५ हजार रुपैयाँ सहयोग गर्दै १ लाख ७५ हजार रुपैयाँ प्रदान गर्ने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved