बैंक अफ काठमाण्डूले कोरोना रोकथामका लागि १ करोड दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 04:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  लिमिटेडले कोरोना भाइरस रोकथामका(कोभिड–१९) नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा १ करोड रुपैयाँ दिने भएको छ । उक्त रकम मध्ये प्रदेशको राहत कोषमा ५ लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ तथा बाँकी ६५ लाख रुपैयाँ केन्द्रिय सरकारको राहत कोषमा योगदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैंकले सो रकम प्रदान गर्न लागेको हो । कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुग्ने हेतुले यो सहायता रकम प्रदान गरेको बैंकले जनाएको छ । 

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्तरगत  यस बैंकले  एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved