अनलाइनबाट एनआईसीमा खाता खोल्दा ५ सयसम्म रकम फिर्ता, २१ लाखको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 11:30:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले  अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५०० सम्म रकम फिर्ता दिने योजना ल्याएको छ ।

बैंकको वेवसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्ने र पहिलो कारोबार मा रकम फिर्ताको अफर रहेको बैंकले जनाएको हो । खाता खोलिसकेपछि पाको खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५०० सम्म रकम फिर्ता पाउने छन् । रकम फिर्ता पाउन मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबारगर्नु पर्ने बैंकले जनाएको छ । त्यस्तै बैंकका अनुसार मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध हुने छ । यसको अतिरिक्त ग्राहकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक  ४००० सम्मको रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ। 

बैंकका अनुसार अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved