सनराइज बैंकद्वारा पिपिई हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 10:46:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक  Sunrise Bank Limited   ले कर्णाली प्रदेश सरकारलाई १० थान पीपीई( व्यक्तिगत सुरक्षात्मक उपकरण ) हस्तान्तरण गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पुर्याउन कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरेको  जनाएको छ ।

सो सहयोग सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यलले संघिय सांसद जनार्धन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोग सामाग्रीमा १० थान पिपिई , १००० थान Mask, Sanitizer, Pulse Oximeter  र Gloves रहेको बैंकले जनाएको छ ।  

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पिपिई उपलब्ध गराई सकेको छ  र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको  छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved