कोरोना नियन्त्रण गर्न ५५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 06:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आन्तरिक ऋण उठाउने भएको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले यहि साता अर्थात चैत महिनाभित्र ५५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टकाअनुसार नेपाल राष्ट्र बैंकले सरकारको लागि यही साता ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो। ५५ अर्ब मध्ये सरकारले २५ अर्बको ट्रेजरी बिल र ३० अर्बको बिकास ऋणपत्र बिक्रि गर्न लागेको हो।

यो बर्षभरी १९५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा सरकारले यसअघि १ अर्ब रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र तथा ४ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्रिमा ल्याईसकेको छ।

नेपाल राष्ट्र बैंक सरकारको बैंक भएकाले सरकारका लागि राष्ट्र बैकले ऋण उठाउने गर्दछ। चैत महिनामा उठाउन लागिएको आन्तरिक ऋणको ब्याजदर लिलाम बढाबढबाट निर्धारण हुनेछ। सामान्यता बिकास ऋणपत्रको अवधि ५ बर्ष भन्दा बढीको हुन्छ भने ट्रेजरी बिलको ९१ दिनको हुन्छ। सरकारलाई आवश्यक भए वा वित्तीय बजारलाई सन्तुलित बनाइराख्न पर्ने भए आन्तरिक ऋण उठाइने गरिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved