गभर्नरको लागि तीन जनाको नाम सिफारिस भएको छ। नेपाल राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा युबराज खतिवडाको संयोजकत्वमा गठन भएको सिफारिस समितिले गभर्नरको लागि तीन नाम सिफारिस गरेको हो।
समितिको सिफारिसमा कामु गभर्नर चिन्तामणि सिवाकोटी, पूर्व–डेपुटी गभर्नर एवं हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्वअर्थ–सचिव राजन खनाल परेका छन्।
समितिले सिफारिस गरेका तीन नाम मध्येबाट मन्त्रीपरिषदले एक जनालाई गभर्नर नियुक्त गर्नेछ। सम्भवतस् आज सोमबार बस्ने मन्त्रिपरिषद् बैठकलेनयाँ गभर्नर नियुक्त गर्नेछ। अर्थमन्त्री खतिवडाको संयोजकत्वमा पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहने गरी समिति गठन भएको थियो।