दोस्रो पटकको सिफारिसमा राष्ट्र बैंकको गभर्नर बने अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 04:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो  । 

गभर्नरको लागि तीन जनाको नाम सिफारिस भएको थियो । अर्थमन्त्री डा युबराज खतिवडाको संयोजकत्वमा गठन भएको  सिफारिस समितिले गभर्नरको लागि  कामु गभर्नर चिन्तामणि सिवाकोटी, पूर्व–डेपुटी गभर्नर एवं हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्वअर्थ–सचिव राजन खनाल सिफारिस गरेको थियो । यी मध्येबाट अधिकारी गभर्नर नियुक्त भएका हुन् । 

अर्थमन्त्री खतिवडाको संयोजकत्वमा पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहने गरी समिति गठन भएको थियो। 

महाप्रसाद अधिकारी पूर्वीपहाडी जिल्ला खोटांङमा जन्मिएका हुन् । उनले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरेका छन् ।

राष्ट्र बैंकमा ३० वर्ष काम गरेका अधिकारी राष्ट्र बैंकको सेकेन्ड म्यान अर्थात डेपुटी गभर्नर भएर काम गरिसकेका छन् । अधिकारी अघिल्लोपटक पनि गभर्नरमा सिफारिश भएका थिए, त्यतिबेला चिरञ्जीवी नेपाललाई गभर्नर नियुक्त गरिएको थियो । राष्ट्र बैंकको गभर्नरका लागि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले अधिकारीलाई पनि सिफारिस गरेका थिए । तर सरकारले चिरन्जीवी नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

अधिकारी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन् ।  विष्णु पौडेल अर्थमन्त्री हुँदा उनी सीइओ नियुक्त भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved