भक्तपुर क्यान्सर अस्पताल र तिल गंगा आखाँ अस्पताललाई सनराइज बैंकले दियो पिपिई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 04:37:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक  Sunrise Bank Limited  ले भक्तपुर क्यान्सर अस्पताल र तिल गंगा आखाँ अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो । 

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गरेका हुन् । साथै, तिल गंगा आखाँ अस्तपतालमा पनि ५ थान पिपिइ बैंकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरेका हुन् । 

बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पिपिई उपलब्ध गराएको जनाएको छ । साथै, अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved