गभर्नर पाएपछि जिल्लावासीमा खुशी

रासस

रासस

Apr 07, 2020 | 09:00:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा जिल्लावासी महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त गरेपछि उनका आफन्त तथा जिल्लावासी खुशी भएका हुन् ।

सरकारबाट गभर्नरमा नियुक्त भएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र खोटाङवासीले अधिकारीलाई बधाई तथा शुभकामना दिइरहेका छन् । भट्टराईले अधिकारी असाधारण व्यवसायिक क्षमता भएका, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभवका खानी भएको जनाउँदै खोटाङको साधारण परिवार र परिवेशमा जन्मेर आफ्नै मेहनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर कुशलता प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भट्टराईले इमानदारिताका साथ काम गर्न अधिकारीलाई सुझाव दिए । अधिकारीलाई पाँच वर्षे डेपुटी गभर्नर पदबाट बाहिरिएपछि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । खोटाङको दक्षिणी क्षेत्रमा जन्मनुभएका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गरेका छन् । सन् १९९४ मा राष्ट्र बैङ्कका उपनिर्देशक भइसकेका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ । 

नवनियुक्त गभर्नर अधिकारीले खोटाङको सिम्पानी माविबाट विसं. २०३८ सालमा एसएलसी उत्तिर्ण गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved