भट्टको नेतृत्वमा वित्तीय क्षेत्रमा कोरोनाको असर अध्ययन गर्न कार्यदल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 05:36:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आजदेखि कार्यभार सम्हाल्दै कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्। 

बैशाख मसान्तभित्र प्रतिबेदन बुझाउने गरि राष्ट्र बैंकका अनुसन्धान बिभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टको संयोजकत्वमा कार्यदल गठन भएको हो। 

कार्यदलमा अनुसन्धान बिभागका निर्देशक रामशरण खरेल सदस्य सचिव रहनेछन भने नियमन बिभाग, बिदेशी विनिमय व्यवस्थापन बिभाग, भुक्तानी प्रणाली बिभाग, तथा बैंक सुपरिवेक्षण बिभागका निर्देशक र बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष सदस्य रहनेछन्। 

कार्यदलले वित्तीय क्षेत्रमा कोरोनाको प्रभावबारे अध्ययन गरेर प्रतिबेदन राष्ट्र बैंकका गभर्नरलाई बुझाउनेछ। व्यवस्थित संयन्त्र बनाएर चुस्त तरिकाले अध्ययन गर्ने उदेश्यले कार्यदल गठन भएको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बिजपाटीलाई बताए।

राष्ट्र बैंकले पहिलेदेखि नै कोरोनाले वित्तीय क्षेत्रमा पारेको असरबारे अध्ययन गरिरहेको बताउदै थप व्यवस्थित ढंगले अध्ययन तथा अनुसन्धान गर्नलाई कार्यदल गठन भएको उनले बताए। कार्यदलले राष्ट्र बैंकको वित्तीय क्षेत्रसंग सम्बन्धित बिषयमा नीतिगत कुरामा सुझाब समेत दिनेछ।

 यसअघि बिभागका निर्देशक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ: सम्पादक 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved