Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

संक्रमणको बेला ग्राहक र कर्मचारीको स्वास्थ्यमा सर्तकता अपनाउँदै एनआइसी एशिया

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 12, 2020 | 04:59:05 PM मा प्रकाशित

nj

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले कोरोना भाइरस संक्रमणको उच्च जोखिमका बेला ग्राहक तथा कर्मचारीको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै आएको छ । बैंकले कोरोना संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको जनाएको छ ।

विश्वमा पहिलोपटक कोरोना(१९) संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहकहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको जनाएको छ । ग्राहकहरू तथा कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकहरूको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ ।

ग्राहकहरूमा बैंकले अपनाईएका सुरक्षाका उपायहरूः

– बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोभिड(१९ संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको छ ।

– बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहकहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहकहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा कोभिड(१९ प्रतिरोधक हुने गरी डिस्इन्फेक्सन औषधी छर्किने गरेको ।

– शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउने ग्राहकहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको ।

– बैंकले हालसम्म आंशिक रुपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आएका ग्राहकहरूलाई यथाशक्य थर्मल गनको सहायताले ज्वरो ९शारीरिक तापक्रम० नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च ९१०० डिग्री फरेनहाईट भन्दा माथि० भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको ।

– ग्राहकहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको ।

– शाखामा पुगेका ग्राहकहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको ।

– शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको ।

– ग्राहकहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सो को समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको ।

एटिएममा अपनाईएका सुरक्षाका उपायहरूः

– ग्राहकहरूले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको ।

– प्रत्येक ४८ घण्टामा एटिएममा कोभिड(१९ प्रतिरोधक हुने गरी डिस्इन्फेक्सन औषधी छर्किने व्यवस्था गरिएको ।

– एटिएमहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको ।

– एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहकहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको ।

ग.कर्मचारीहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरूः

– बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिए देखि नै स्टाफ एडभाइजरी जारी गरि आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको ।

– कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहकहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको ।

– नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहकहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त डिस्इन्फेक्सन गरेर जम्मा गर्ने व्यवस्था गरेको ।

– सेवामा रहेका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको ।

– यस विपतको समयमा परिवारभन्दा अलग रहेका वा लकडाउनले गर्दा विभिन्न स्थानमा रोकिएर रहेका कर्मचारीहरूलाई लकडाउनको कार्यविधि उल्लंघन नहुने गरी परिवार रहेको स्थानसम्म उच्च सावधानीको साथ पुर्याउने व्यवस्था गरिएको ।

– यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा डिस्इन्फेक्सन औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको ।

– कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिए देखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको ।

– सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागि बाहेक ९एटिएमरसूचना प्रविधि० कर्मचारीहरूलाई वर्क फ्रम होमको व्यवस्था गरिएको छ । साथै कार्यलय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पन्जा जस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरकेो छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved