नबिल बैंक Nabil Bank Limited ले ‘ई@नबिल' नामको नयाँ कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ । बैंकले एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुका लागि यो इन्टरनेट बैंकिङ्ग सेवा ल्याएको जनाएको हो ।
यस मार्फत ग्राहकले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै ग्रहकले बैंक शाखामा नगई कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले ११८ शाखाहरु र १७५ एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।