नबिल बैंकमा अनलाइन बाटै खाता खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 10:15:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले  घरमै बसी अनलाईन मार्फत खाता खोली सिमित कारोबार गर्न सकिने सेवा सुरु गरेको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको बैंकले जनाएको छ । 

यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार मोबाइल बैंकिंग सुबिधा अन्तर्गत  ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमांतर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् ।

 यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved