५० प्रतिशतले बढ्यो सेन्चुरी बैंकको नाफा, वितरण योग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 09:40:28 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा  सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited को नाफा ४९.९६ प्रतिशतले बढेको छ । बैंकले यस अवधिमा ९१ करोड ५७ लाख नाफा कमाएको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६१ करोड ६ लाख नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा भने १३ करोड ४१ लाख रहेको छ । 

बैंकको निक्षेप गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.४९ प्रतिशतले बढेर ५८ अर्ब ७७ करोड पुगेको छ भने कर्जा १.७९ प्रतिशतले बढेर ५८ अर्ब १० करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १४.१९ प्रतिशतले बढेर २ अर्ब २५ करोड पुगेको छ ।  गत आवको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड थियो ।

 बैंकको खराब कर्जा २.१९ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ४१ करोड रहेको छ भने रिजर्भमा २ अर्ब ५० करोड रहेको छ । बैंकले आर्थिक वर्ष ७५/७६ मा २ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको थियो जुन वित्तीय विवरणमा समायोजन हुन् बाँकि रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी १४.५१ , नेट वर्थ १२९.७२, मूल्य आम्दानी अनुपात १०.९६ गुणा, बेस रेट १०.२७ प्रतिशत,  कोषको लागत ७.८१ प्रतिशत, सिसिडि ७७.८९ , र पुंजी पर्याप्तता अनुपात १४.४८ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved