९ महिनामा हिमालयन बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 10:49:48 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंक Himalayan Bank Limited को खुद नाफा १५.०५ प्रतिशतले बढेको छ  । गत आर्थिक वर्ष यसै अवधिको तुलनामा बैंकले २ अर्ब १ करोड नाफा गरेकोमा चालु वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर  २ अर्ब ३१ करोड पुगेको हो  । 

यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख रहेको छ  । गत आवको यसै अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड थियो  । बैंकको निक्षेप ६.३४ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १४.१६ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब पगेको छ  । बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले बढेर  ३ अर्ब ८४ करोड पुगेको छ  ।

हाल बैंकको चुक्ता पुंजी ९ अर्ब ३७ करोड रहेको छ भने रिजर्भमा ७ अर्ब ९१ करोड रहेको छ ।  बैंकको खराब कर्जा १.३१ प्रतिशतबाट घटेर १.११ प्रतिशत पुगेको छ  । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ३२.९६, नेट वर्थ १८४.५०, मूल्य आम्दानी अनुपात १५.१७ गुणा,  बेस रेट ८.६ प्रतिशत, कोषको लागत ६.४७ प्रतिशत, सिसिडि ७७.०८ प्रतिशत र पुंजी पर्याप्तता अनुपात १३.४२ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved