नबिल बैंकले कमायो ३ अर्ब १५ करोड नाफा, वितरण योग्य मुनाफामा देखिएन कोरोनाको प्रभाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 09:45:49 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा Nabil Bank Limited ले ३ अर्ब १५ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब १९ करोड नाफा कमाएकोमा बैंकको नाफा १.०१ प्रतिशतले घटेको हो । 

यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा २ अर्ब ९ करोड रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३२ करोड रहेकोथियो । 

तेस्रो त्रैमाससम्ममा बैंकको निक्षेप ४.९५ प्रतिशतले बढेर  १ खर्ब ७१ अर्ब पुगेको छ । त्यस्तै कर्जा प्रवाह १७.१७ प्रतिशतले बढेर १ खर्ब ४९ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ०.७३ प्रतिशतले घटेर ५ अर्ब ३७ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४१ करोड थियो ।

१० अर्ब ९ करोड  चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १४ अर्ब ८६ करोड रहेको छ । बैंकको खराब कर्जा ०.६३ प्रतिशत रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी ४५.७४, बेस रेट ७.८२ प्रतिशत, कोषको लागत ६.५५ प्रतिशत, सिसिडि ७८.८८ र पुंजी पर्याप्तता अनुपात ११.१७ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved