ग्लोबल आइएमई बैंकद्वारा प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 06:58:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले ट्राफिक प्रहरीलाई ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले काठमाण्डौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेका हो ।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाप्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसादढकाललाई उक्त ट्राफिक पोलहरु बुधबार हस्तान्तरण गरेका हुन्  ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै उपरीक्षक ढकालले बैंकले प्रदान गरेकोट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग हुने बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved